Shikhar Insurance
National Life

‘पुँजीबजारमा वित्तीय संस्था बढी भए’, उत्पादनमुलक क्षेत्र बढाउने अर्थमन्त्रीको यस्तो योजना

सिंहदरबार संवाददाता
२०७८ श्रावण २६, मंगलवार १८:४१
Hyundai
NCELL
NIMB

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पुँजीबजारमा वित्तीय संस्था बढी भएको बताएका छन् । प्रतिनिधि सभामा देशको वर्तमान आर्थिक अवस्थाको जानकारी प्रश्तुत गर्दै उनले पुँजी बजारमा सूचीकृत कम्पनीहरुमा वित्तीय संस्थाको संख्या अधिक रहेको बताउँदै उत्पादन क्षेत्रका कम्पनीको उपस्थिति न्यून रहेको जिकिर गरेका छन् ।

मन्त्री शर्माले पुँजी बजारमार्फत उत्पादनमूलक क्षेत्रको विकासका लागि पुँजी परिचालन गर्न आवश्यक संस्थागत तथा नीतिगत सुधारको खाँचो रहेको औंल्याएका छन् । “लगानीकर्ताको मनोबल उच्च पार्न सम्बन्धित निकायबाट नियमन र अनुगमनलाई थप प्रभावकारी बनाई पुँजी बजारलाई सुशासनयुक्त, पारदर्शी, प्रविधिमैत्री र जवाफदेही बनाउनुपर्ने भएको छ,” श्वेतपत्रमा भनिएको छ, “साथै, पुँजी बजारमा स्वचालित प्रणाली प्रवर्द्धन गर्ने र साना लगानीकर्ताको पहुँच बढाउँदै लगानीकर्ताको हित संरक्षण गरी स्वस्थ बजार प्रणाली विकास गर्दै लानुपर्ने देखिन्छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

वि.सं. २०७६ असार मसान्तमा १२५९ बिन्दुमा पुगेको नेप्से परिसूचक वि.सं. २०७७ असार मसान्तमा १३६२.४ बिन्दु कायम रहेको थियो । वि.सं.२०७८ असार मसान्तमा उक्त परिसूचक २८२२.७ बिन्दु कायम भएको छ । पुँजी बजारमा नयाँ लगानीकर्ताहरुको प्रवेश एवम् वित्तीय स्रोतको सहज उपलब्धता लगायतका कारण नेप्से सूचकाङ्कमा तीब्र वृद्धि भएको उनको ठहर छ । वि.सं. २०७७ असार मसान्तमा बजार पुँजीकरणको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ४५.८ प्रतिशत रहेकोमा वि.सं.२०७८ जेठ मसान्तमा उक्त अनुपात ९८.८प्रतिशत कायम भएको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्