काठमाडौं । नेपाल सरकारका सचिवहरुले राजिनामा दिदाँ राम्रो हुने एकिकृत समाजवादीका कार्यवाहक अध्यक्ष राजेन्द्र पाण्डेले बताएका छन् । प्रतिनिधि सभामा विशेष समय लिएर बोल्दै सचिवहरुले निजामति विधेयक २०८२ चलखेल गरेर रोक्न लागेको भन्दै विरोध गरेका हुन् ।
उनले भने, “सचिवहरुले कुलिङ पिरियडको विषयलाई लिएर राजिनामा दिने बताएका छन्, वास्तवमा यो सचिवहरुको राम्रो प्रस्ताव हो । यसले नयाँ सहसचिवहरुलाई अवसर मिल्छ ।”
विधेयकमा कर्मचारीहरुको कुलिङ पिरियड २ वर्ष राखिएको छ । यो व्यवस्थापछि मुख्य सचिव एक नारायण अर्याल सहित २५ जना सचिवले राजिनामा दिने धम्की दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्