काठमाडौं । बिहीबार नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला ४०० रुपैयाँले घटेको हो भने चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन प्रतितोला एक लाख ९५ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेर प्रतितोला २ हजार २०० रुपैयाँमा कारोबार भएको छ । बुधबार चाँदी प्रतितोला दुई हजार २२५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्