काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । असार ४ गते बसेको सञ्चालक समिति बैठकले गत आर्थिक बर्षको नाफाबाट लगानीकर्ताहरुलाई १० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो । कर प्रयोजनका लागि आवश्यक पर्ने ०.५२६३ प्रतिशत नगद लाभांश पनि कम्पनीले दिनेछ । । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ ।
नेपाल बीमा प्राधिकरणको स्वीकृति तथा आगामी बार्षिक साधारण सभाबाट पास गरेपछि कम्पनीका लगानीकर्ताले १० प्रतिशत बोनस सेयर पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस्