काठमाडौं । मित्रराष्ट्र ची हुँदै बग्ने भोटेकोशी र सुनकोशी नदि किनारमा बसोबास गर्ने मानिसका लागि बाढीको चेतावनी दिएको छ । नेपाल प्रहरीले एक सूचना जारी गर्दै सो क्षेत्रमा बस्ने नागरिकले उच्च सावधानी अपनाउन आग्रह गरेको हो ।
सुचनामा भनिएको छ,’२०८२ असार ३ गते देखि ७ गते ( Jun17-21 2025 ) सम्म छिमेकी राष्ट्र चीनको भोटेकोशी नदी भई बग्ने तिब्बत क्षेत्रमा अत्यधिक वर्षा हुन सक्ने सम्भावना रहेको भनी चीनको प्रहरी कार्यालयबाट सूचना प्राप्त भएकोले भोटेकोशी र सुनकोशी नदी आसपास ( भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, सुनकोशी गाउँपालिका, बलेफी गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिकाको भोटेकोशी/ सुनकोशी नदी आसपास) क्षेत्रमा जोखिम हुन सक्ने भएकोले नदी आसपास क्षेत्रमा बसोबास गर्नुहुने महानुभावहरुमा सतर्कता अपनाउन अनुरोध छ ।’
प्रतिक्रिया दिनुहोस्