Skip to content
Shikhar Insurance
National Life

एभरेष्ट बैंकले ७.८३ मेगावाट क्षमताको चिनो हाइड्रोपावर जलविद्युत आयोजनामा लगानी गर्ने

Hyundai
NCELL
NIMB

काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र चिनो हाइड्रोपावर लिमिटेडबिच वित्तीय व्यवस्थापन गर्न सहमति भएको छ । बैंक र हाइड्रोपावरबिच चिनो खोलामा ७.८३ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गर्न १३६ करोड वित्तीय व्यवस्थापन गर्न सहमति हो ।

उक्त सहमतिपत्रमा एभरेष्ट बैंकका तर्फबाट कार्यकारी प्रमुख सुदेश खालिङ र चिनो हाइड्रोपावरका तर्फबाट अध्यक्ष विजय बहादुर श्रेष्ठद्वारा हस्ताक्षर गरिएको छ । मनाङ जिल्लाको नासोङ गाँउपालिकामा अवस्थित उक्त परियोजना बुटवल पावर कम्पनी लिमिटेडद्वारा प्रबद्धित परियोजना हो । यस परियोजना दुई वर्षमा सम्पन्न गर्न चाइनिज ठेकेदारलाई भ्एऋ मोडलमा ठेक्का लगाइएको छ र यसबाट उत्पादित विद्युत मनाङ जिल्लाको धारापानी स्थित सब स्टेशनबाट राष्ट्रिय ग्रिडमा जोडिने छ ।

यस परियोजनाको लागि नेपाल विद्युत प्राधिकरण र चिनो हाइड्रोपावर लिमिटेड बिच विद्युत खरिद बिकि सम्झौता २०८२ वैशाखमा सम्पन्न भइसकेको छ । यस परियोजनाबाट वार्षिक ४४।४६३ गिगावाट आवर बिद्युत उत्पादन हुनेछ । पंजाब नेशनल बैंक भारतसंगको संयुक्त साझेदारीमा स्थापित रहेको यस बैंकमा हालसम्म करिब १४ लाख भन्दा बढी ग्राहक संख्या रहेको र देशैभरी १३२ शाखा संजाल ४ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालयहरू, १६७ एटिएम छन् । विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट सेवा दिँदै आइरहेको छ ।

यस बैंकले भारतको नया दिल्ली लगाएत अन्य मुलुकमा पनि आफ्नो प्रतिनिधि कार्यालय स्थापना गरि सेवा प्रदान गर्दै आइरहेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्