लमजुङ । पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ ।
लमजुङ मस्र्याङ्दी गाउँपालिका–४ बुङ झरना नजिक आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक रमेश बोहोराका अनुसार गए रातिको अविरल वर्षाका कारण पहिरो खसेको हो ।
पहिरो पन्छाउने प्रयास जारी छ ।
प्रतिक्रिया दिनुहोस्