काठमाडौं । सेयर लगानीकर्ताले प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) मा आवेदन प्रक्रिया सहज, पारदर्शी र प्रभावकारी बनाउन माग गरेका छन्।
सेयर लगानीकर्ताका छाता संगठनहरु शेयर लगानीकर्ता संघ, नेपाल पुँजीबजार लगानीकर्ता संघ र स्वतन्त्र पुँजीबजार लगानीकर्ता संघले आज संयुक्त रुपमा केन्द्रीय निक्षेप प्रणाली तथा क्लियरिङ (सीडीएससी) लाई ४ बुँदे ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेका हुन्।
ज्ञापनपत्रमा आइपीओमा आवेदन प्रक्रिया थप सहज, पारदर्शी र प्रभावकारी बनाउने माग गरिएको छ।
डीएससीकी नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) की प्रविन पन्दाकलाई बधाइ तथा शुभाकामना दिँदै शेयर लगानीकर्ताका संगठनहरुका प्रतिनिधिले बुझाएको ज्ञापनपत्रमा मोबाइल एप, अनलाइन प्रणाली र डिजिटल साक्षरता अभिवृद्धिको माध्यमबाट दुर दराजका लगानीकर्तालाई सेवा पुर्याउनुपर्ने सुझाव दिएका छन्।
यसैगरी शेयर लगानीकर्ताहरुले क्लियरिङ र सेटलमेन्ट प्रक्रियामा समयसीमा छोट्याउने, लगानीकर्ताको गुनासो सुन्ने र समाधान गर्ने प्रभावकारी हेल्पडेस्क वा पोर्टल निर्माण गर्ने र यस्ता कार्यक्रमले पुँजी बजारमा लगानीकर्ताको विश्वास बढाउने र सम्पूर्ण प्रणालीलाई मजबुत बनाउने ज्ञापनपत्रमा उल्लेख छ।
सीईओ पन्दाकको सफल नेतृत्वमा सीडीएससीको प्रगति थप सुदृढ, विश्वासिलो र अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी बन्ने विश्वास लिनुका साथै सहकार्य गर्दै अगाडि बढ्ने कुराको समेत शेयरलगानीकर्ताहरुका संगठनले प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रतिक्रिया दिनुहोस्