काठमाडौं । राष्ट्रि स्वतन्त्र पार्टी (रास्वपा) लाई पेलेर सभामुख देवराज घिमिरेले संसद अघि बढाएका छन् । भिजिट भिषा प्रकरणमा गृहमन्त्री दोषी रहेको भन्दै रास्वपाले गृहमन्त्रीको राजिनामा माग गरिरहेको छ ।
भिजिट भिषा प्रकरणमा आफ्नो पालामा मात्रै नभएर अन्य गृह मन्त्रीको पालामा धेरै व्यक्ति गएकोले राजीनामा दिनु नपर्ने मन्त्री रमेश लेखकले बताएका थिए ।
यो प्रकरणमा सुरुमा नेकपा माओवादीले समेत गृहमन्त्री लेखकको राजिनामा माग गरेको थियो । तर माओवादीले २ बुँदे सहमति गर्दै संसद खुला गर्न सहमत भएको थियो ।
संसदमा राष्ट्रिय प्रजातन्त्र पार्टीले सभा बहिस्कार गरिरहेको छ भने रास्वापाभा भने बेल घेरेर चर्को नाराबाजी गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्