काठमाडौं । राजस्व अनुसाधान विभागले मुद्दा दायर गरेको छ । विभागले नेपाल क्यान मुभ प्राली विरुद्ध बिगो र जरिवानाको माग गर्दै मुद्दा दायर गरेको हो ।
कार्गो सेवा प्रदान गर्ने स्टार्ट अप कम्पनीले राइडरहरुको दिने भुक्तानीमा कर लाग्ने नलाग्ने विवाद रहँदै आएको थियो ।
कम्पनीले कुल ७८ करोड २८ लाख ४६ हजार ७६७ रुपैयाँ कारोबारमा १३ प्रतिशतका दरले मूल्य अभिवृद्धि कर छलि गरको आरोप विभागको छ । यो कारोबारमा १० करोड १७ लाख ७० हजार ७९ रुपैयाँ कर लाग्ने उल्लेख छ । सो भ्याटको ब्याज र जरिवाना र आयकर समेत छलि भएको भन्दै १ अर्ब ३६ करोड ८८ लाख ११ हजार ५२० बिगो माग गरेको हो ।
विभागले आइतबार उच्च अदालत काठमाडौंमा आइतबार मुद्दा दायर गरेको हो ।
प्रतिक्रिया दिनुहोस्