Skip to content
Shikhar Insurance
National Life

गहना बनाउन सुन पुगेन भन्दै व्यवसायीले प्रधानमन्त्रीसामु गरे गुनासो

Hyundai
NCELL
NIMB

काठमाडौं । व्यवसायीहरुले सुनचाँदीको आपूर्ति व्यवस्था सहज बनाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई अनुरोध गरेका छन् । बजारमा सुनचाँदीको आपूर्ति व्यवस्था प्रभावकारी बन्न नसकेकोले व्यवसायीलाई परम्परागत व्यवसाय सञ्चालन गर्न नै धौधौ परेको भन्दै उनीहरुले यस्तो आग्रह गरेका हुन् ।

विभिन्न परम्परागत शिप तथा कला संरक्षणमा तथा प्रवर्धन तथा औद्योगिकरण गर्ने उद्देश्यबाट स्थापित बीजी एन्ड ग्रुप कम्पनी लिमिटेड (विश्वकर्मा गोल्ड एन्ड सिल्भर आर्टिसियन नेसनल ट्रेड सेभिङ ग्रुप कम्पनी लिमिटेड)ले कम्पनीका लागि आवश्यक कच्चा पदार्थ (सुन चाँदी) आपूर्तिको व्यवस्था मिलाउन प्रधानमन्त्रीसँग अनुरोध गरेका हुन् ।

कम्पनीका प्रमुख संरक्षक तथा विश्वकर्मा सुनचाँदी व्यवसायी सञ्जालका केन्द्रीय संयोजक अर्जुन रसाइलीले कम्पनीकातर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवालाई आज ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेका हुन् । भेटमा नेपालका विभिन परम्परागत सिप तथा पेशाअन्तर्गत सुनचाँदी पेशाको संरक्षण साथै स्वदेशी कालिगढको उत्पादनमा जोड दिएर देशमा राजगारीको अवसर सिर्जना गर्न र स्वदेशमै गहना उत्पादन गरी विदेश निर्यात गर्ने कुरामा जोड दिन प्रधानमन्त्रीसँग आग्रह गरिएको छ ।

नेपालमा सुनको सिफारिस तथा वितरण गर्ने जिम्मा लिएका संघसंस्थाले सुन आपूर्तिका लागि प्रभावकारी कदम चाल्न नसकेको अवस्थामा व्यवसायीका लागि आवश्यक कच्चा पदार्थ आपूर्तिको व्यवस्था गरिदिन प्रधानमन्त्री देउवासँग आग्रह गरिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्