Skip to content
Shikhar Insurance
National Life

गीताप्रेस नेपाल स्थापनाको प्रथम दशक उत्सव सम्पन्न

Hyundai
NCELL
NIMB

काठमाडौं । गीताप्रेस नेपालले आफ्नो स्थापनाको प्रथम दशक उत्सव मनाएको छ । वनकाली पशुपतिमा धर्मानुरागी महानुभावहरुको उल्लेख्य उपस्थितिमा सम्पन्न भएको उक्त कार्याक्रमा श्रीलिङ्गमहापुराण र श्रीमत्स्यमहापुराणको नेपाली अनुवाद विमोचन तथा गीताप्रेस नेपालको वेभसाइट gitapressnepal.org, gitapressnepal.com तथा मोबाइल एप्प  Gitapress Nepal  लन्चिङ्ग कार्यक्रम समेत सम्पन्न भएको छ ।

कार्यक्रममा गीतापे्रस नेपाल, गीताप्रेस पुस्तक विक्री केन्द्र काठमाडौंका अध्यक्ष जय किसन साडाको सभापतित्वमा गीताप्रेस गोरखपुरका प्रवन्धक–डा. श्री लालमणि तिवारी, पशुपतिनाथका मूल भट्ट गणेश रावल भट्ट, मानव सेवा आश्रमका संरक्षक डा. गोविन्द टण्डन लगायतको उपस्थिति रहेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कार्यक्रममा गीताप्रस नेपालका अध्यक्ष जय किसन साडाले गीताप्रेसबाट प्रकाशित भएका कृतीहरुको प्रचार प्रसार एवं आम सर्वसाधारणले अनलाइनको माध्यमबाट पुस्तकहरु नि:शुल्क अध्ययन गरी आध्यात्मिक एवं धार्मिक लाभ लिन सकुन र चरित्रवान, सुसंस्कृति समाजको निर्माण होस् भन्ने उद्देश्य लिई गीताप्रेस पुस्तक बिक्री केन्द्र काठमाडौं स्थापना भएको १० वर्ष प्रवेशको अवसर पारी मोबाइल एप्स र वेभसाइट लन्च गर्न लागिएको र उक्त एप्स तथा वेभसाइटमा गीताप्रेसबाट प्रकाशित पुराण, रामायाण, उपनिषद, स्तोत्र, चालिसा, नित्य पाठ, कर्मकाण्ड, भजन सहितमहत्त्वपूर्ण लेख रचनाहरुलाई समावेस गरिएको जानकारी गराए ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE