Shikhar Insurance
National Life

पारस खड्काको ७७ नं. को जर्सी अन्य खेलाडीले प्रयोग नगर्ने

सिंहदरबार संवाददाता
२०७८ श्रावण २४, आईतवार २०:३७
Hyundai
NCELL
NIMB

काठमाडौं । क्रिकेटमा प्रत्येक खेलाडीका लागि जर्सीको विशेष महत्व रहन्छ । जर्सीमा लेखिएको नम्बर पनि खेलाडीको पहिचान हो । विश्वका हरेक खेलाडीले जर्सीमा नं प्रयोग गरेजस्तै नेपाली क्रिकेट खेलाडीले पनि छुट्टाछुट्टै नं लेखिएको जर्सी लगाउँदै आएका छन् ।

गत मङ्गलबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिनुभएका नेपाली टोलीका पूर्वकप्तान पारस खड्काले ७७ नंको जर्सी प्रयोग गर्दै आउका थिए । क्रिकेटबाट सन्यास लिएको अवस्थामा उनले प्रयोग गर्ने गरेको उक्त नं. को जर्सी अब कुनै पनि नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीले प्रयोग गर्न पाउने भने छैनन् । खड्काले प्रयोग गर्दै आएको ७७ नंको जर्सी राष्ट्रिय क्रिकेट टोलीका अन्य खेलाडीलाई प्रयोग गर्न नदिइने भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेपाल क्रिकेट सङ्घ (क्यान) को आज बसेको पदाधिकारी बैठकले खड्काको सम्मानमा क्रिकेट खेल्दा उनले प्रयोग गर्दै आएको ७७ नंको जर्सी राष्ट्रिय टोलीका कुनै पनि खेलाडीलाई तत्काल प्रयोग गर्न नदिने निर्णय गरेको हो । “खड्काको सम्मानमा ७७ नम्बरको जर्सी तत्काल कुनै पनि खेलाडीलाई प्रयोग गर्न नदिने सहमति भएको छ,” क्यान अध्यक्ष चतुरबहादुर चन्दले भने । खड्काले नेपालको क्रिकेटमा पुर्‍याएको योगदानको कदर गर्दै क्यानले सो निर्णय गरेको हो ।

क्यानले हालै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिनुभएका खड्काको सम्मानमा उक्त सहमति जनाएको हो । नेपालले ३३ वर्षीय खड्काको कप्तानीमा आसीसी विश्व क्रिकेट लिग डिभिजन–५ देखि एकदिवसीयसम्मको सफलता प्राप्त गरेको थियो । खड्काले नै कप्तानी गरेको अवस्थामा नेपालले सन् २०१४ मा टी–२० विश्वकप क्रिकेट खेलेको थियो ।

सन् २००२ मा युनाइटेड अरब इमिरेटस् (युएई) मा सम्पन्न यू–१५ एसिया क्रिकेट कपमा खड्का पहिलोपटक नेपाली टोलीमा सहभागी भएका थिए । सन् २००४ मा उनले सिनियर टोलीमा डेब्यू गरेका थिए । उनले सन् २००४, सन् २००६ र सन् २००८ मा यू–१९ विश्वकप क्रिकेट प्रतियोगिता खेल्नुभएको थियो । खड्का सन् २००९ मा विनोद दासको ठाउँमा राष्ट्रिय टोलीको कप्तान बनेका हुनं । दुई वर्षअघि उनले कप्तानीबाट राजीनामा दिएका थिए ।

खड्काले नेपालका लागि १० एकदिवसीय तथा ३३ टी–२० अन्तर्राष्ट्रिय खेल खेले । दायाँहाते ब्याटस्म्यान उनले यस क्रममा एकदिवसीयमा ३१५ रन बनाए भने टी–२० मा ७९९ रन बनाएका थिए । दुवै किसिमका प्रतियोगितामा उनी शतक प्रहार गर्न सफल भएका थिए । खड्काले बलिङसमेत गरेका थिए । उनले १० एकदिवसीय खेलमा नौ विकेट लिएका छन् भने ३३ टी–२० खेलमा ८ विकेट लिएका थिए ।

हाल खड्काको ठाउँमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानी ज्ञानेन्द्र मल्लले गर्दै आएका छन् । यसअघि नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानको भूमिका उत्तम कर्माचार्य, लेखबहादुर (एलबी) क्षेत्री, पवन अग्रवाल, राजु खड्का र परेश लोहनीले निर्वाह गरिसकेका छन् ।

रासस

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्