Shikhar Insurance
National Life

नेप्सेमा झिनो सुधार

सिंहदरबार संवाददाता
२०७८ श्रावण २४, आईतवार १८:३४
Hyundai
NCELL
NIMB

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले मात्रै सुधार भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ०.६६ बिन्दुले बढेर ३१०८.१२ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.७८ ले वृद्धि भई ५७८.०९ मा पुगेको छ ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ६ उपसमूहको सेयर उकालो लागेको छ भने सात उपसमूहको सेयर ओरालो लागेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कारोबारका आधारमा आज अपि पावर कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ८१ करोड ९२ लाख २४ हजार ५६० बराबरको कारोबार भयो ।

कर्पोरेट डेभलपमेण्ट बैंक, अपि पावर कम्पनी, युनिभर्सल पावर कम्पनी, जीवन विकास लघुवित्त यूनियन लाइफ इन्स्योरेन्सको सेयरमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लाग्यो । यस्तै, एनआइसि एशिया ऋणपत्र ७.३७, गुराँस लघुवित्त ४.०८, जनउत्थान सामुदायिक लघुवित्त ३.७७, सबैको लघुवित्त ३.३५ र महिला लघुवित्तका लगानीकर्ताले ३.१८ प्रतिशतले गुमाए ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्