Shikhar Insurance
National Life

नेपाल बंगलादेश बैंकको नाफा २ अर्ब २९ करोड, लगानीकर्तालाई १६.३३ प्रतिशत लाभांश

सिंहदरबार संवाददाता
२०७८ श्रावण २४, आईतवार १०:०६
Hyundai
NCELL
NIMB

काठमाडौं । मर्जरको तयारी गरिरहेको नेपाल बंगलादेश बैंकले २ अर्ब २९ करोड रुपैँया नाफा कमाएको छ । बैंकले गत आर्थिक वर्ष २०७७।७८ मा सो मात्रामा नाफा आर्जन सफल भएको हो । बैंकले आव २०७६।७७ मा त्यस्तो नाफा जम्मा एक अर्ब २४ करोड रुपैँया मात्रै कमाएको थियो । बैंकले आफ्नो नाफा एक अर्ब ५ करोेड अर्थात ८४.६७ प्रतिशतले वृद्धि गरेको हो ।

बैंकले गत आर्थिक वर्षमा एक अर्ब ४७ करोड रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । ९ अर्ब रुपैँया चुक्ता पुँजी रहेको बैंकले आफ्ना लगानीकर्तालाई १६.३३ प्रतिशत लाभांश दिन सक्छ । बैंकको नाफामा २८ करोड रुपैयाँ भने सेयर खरिद बिक्रिबाट प्राप्त भएको देखिन्छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकको जगेडा कोषमा ४ अर्ब ७६ करोड रुपैँया रहेको छ । बैंकले गत आर्थिक वर्षमा ८७ अबै १२ करोड रुपैँया निक्षेप संकलन गरेर ६८ अर्ब ४८ करोड रुपैयाँ कर्जा लगानी गरि २ अर्ब ६३ करोड रुपैँया खुद ब्याज आम्दानी गर्न सफल भएको देखिन्छ । बैंक प्रति सेयर आम्दानी २५ रुपैँया ४६ पैसा छ भने प्रति सेयर नेटवर्थ १७० रुपैँया ६५ पैसा रहेको छ ।
नेपाल बंगलादेश बैंकको स्प्रेड दर ३.५५ प्रतिशत छ भने आधार ब्याजदर ७.४१ प्रतिशत छ । बैंकको कस्ट अफ फण्ड भने ५.४९ प्रतिशत रहेको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्