Skip to content
Shikhar Insurance
National Life

स्थानीय तहको संख्या ५ सय बनाउन छलफल सुरु भएको छ: सचिव भट्टराई

Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेका सचिव योगेश भट्टराईले स्थानीय तह, प्रदेशलाई बढी भन्दा बढी साधन स्रोत दिएर संघीयतालाई प्रभावकारी बनाउनुपर्ने बताएका छन् । आज राजधानीमा आयोजित संघीयतामा बजेट सम्बन्धि कार्यक्रममा उनले अहिले पनि केन्द्रीकृत मानसिकता हावी भइरहेको र त्यसलाई संघीयता प्रभावकारी रुपमा कार्यान्वयन गरेर हटाउँदै जानुपर्ने बताएका हुन् ।

सचिव भट्टराईका अनुसार स्थानीय तह, प्रदेशलाई साधन स्रोत सम्पन्न गरेर बजेट कार्यान्वयन गर्ने क्षमता बलियो बनाउनुपर्छ । स्थानीय तह घटाएर वडा बढाउने विषयमा छलफल भइरहेको बताउँदै संघीयतालाई प्रभावकारी बनाइँदै लगिने बताए । उनले अनौपचारिक हिसावले ५ सय स्थानीय तहको संख्या बनाउनेबारे छलफल चलिरहेको बताए ।

उनले यसबारे पार्टी भित्र छलफल गरेर निष्कर्षमा पुगिने बताउँदै भने, ‘अधिकारको बाँडफाडदेखि अरु थ्रुपैमा पुनरावलोकन जरुरी छ । विशेषत: स्थानीय र प्रदेशलाई कसरी अझ अधिकार सम्पन्न बनाउने त्यसमा पुनरावलोकन गर्नुपर्छ । पुनरावलोकन गर्ने भनेको मैले संघीयता खारेज भन्न खोजेको होइन । अहिलेको संघीयतालाई अझ प्रभावकारी बनाउने भनेको हो । स्थानीय तह, प्रदेशलाई बढी भन्दा स्रोत साधन सम्पन्न बनाउने,कार्यान्वयन गर्ने क्षमता पनि उसको बढाउँदै जाने केन्द्रले बढी नीति र महत्त्वपूर्ण कामको जिम्मा लिनुपर्छ ।’

‘स्थानीय तहको ७५३ ओटा संख्या ज्यादा भयो । यसलाई घटाउन सकिन्छ भने घटाएर ५ सयको सेरोफेरोमा ल्याऔँं । बरु वडाहरुको संख्या बढाऔं । भन्ने छलफलहरु शुरु भइसकेको छ । किनभने वडालाई अझै थप अधिकार दिने, स्रोत, साधन सम्पन्न बनाउने र बढी भन्दा बढी दौलोको सरकार जेसुकै भनेपनि वडा नै हो । त्यसैकारण वडालाई बढाएर पालिकाको संख्या घटायौं भने अझै यसले काम गर्ने क्षमता, नेतृत्वको विकास अझै राम्रो बनाउछ की । यसमा अझै अफिसियल लाइन बनेको छैन’ उनले बताए ।

उनले मुलुकमा विकासको विस्तार भएको बताउँदै गुणस्तर र प्रतिफलमुखी बनाउनसके मुलुकको अर्थतन्त्र बलियो हुने बताए । आर्थिक, प्रशासनिक, राजनीति रुपमा संघीयता जोडिएको बताउँदै एमाले सचिव भट्टराईले आर्थिक, राजनीति रुपमा संघीयता कार्यान्वयनमा गएको भएपनि प्रशासनिक हस्तान्तरणमा अझै पुग्न नसकिएको बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्