काठमाडौं । बैंक तथा वित्तिय संस्था र ऋणीबिच विवाद बढ्दै गएको छ । गत महिना (चैत) को तुलनामा बैशाखमा मुद्दा दर्ता बढेको हो ।
चालु आर्थिक वर्षको बैशाख महिनामा मात्रै ऋण असुली न्यायधिकरणमा ८८ वटा मुद्दा दर्ता भएका छन्, जुन अघिल्लो महिना (चैत) को तुलनामा २८ वटाले बढी हो । गत महिनामा जम्मा ६० वटा मुद्दा दर्ता भएको थियो ।
न्यायाधिकरणले सार्वजनिक गरेको विवरण अनुसार बैशाख महिनामा ४८ मुद्दाहरुको निर्णय टुंगो लागेको छ भने ३ को मिलापत्र भएको छ । त्यस्तै, बैशाख महिनासम्ममा ७ सय ८६ मुद्दाको निर्णय तथा मिलापत्र हुन बाँकी रहेको ऋण असुली न्यायाधिकरणले सार्वजनिक गरेको विवरणमा उल्लेख गरेको छ ।
त्यसैगरी, बैशाख महिनामा लगतकट्टा निर्णय भएको मुद्दाहरु २६ वटा रहेका छन् । चालु आवकोे बैशाख महिनाको कुल असुली रकम १ करोड २६ लाख ७७ हजार रुपैयाँ रहेको छ ।
चालु आवको चैत महिनामा ऋण असुली न्यायाधिकरणमा ६० वटा मुद्दा दर्ता भएको थियो भने ४७ मुद्दाको निर्णय भएको थियो । त्यसैगरी, फागुन महिनामा यस्तो मुद्दा दर्ता ६७ वटा थियो । त्यस्तै, फागुन महिनामा १७ वटा मुद्दाको मात्र निर्णय टुङ्गो लागेको थियो ।
यी मुद्दाहरुबाट बैंक तथा वित्तीय संस्थाले अर्बौं कर्जा असुल गर्नुपर्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्