Skip to content
Shikhar Insurance
National Life

जब माधव नेपालका कार्यकर्ता झाडु बोकेर टिचिङ अस्पताल सफाई गर्न पुगे…….

Hyundai
NCELL
NIMB

काठमाडौं । शनिबार बिहान ९ बज्दै थियो, टिचिङ अस्पतालमा केहि सरसफाई गर्ने ड्रेस लगाएका तर सुकिला मुकिला युवाहरु झुल्किए । उनीहरुको हातमा झाडु थियो । फोहर उठाउने प्लास्टिक थियो, टाउकोमा सुरक्षाका लागि हेलमेट पनि थियो । झण्डै एक सयको संख्यामा रहेका युवाहरुको समुह एकत्रित भयो, केहिबेर भलाकुसारी गर्यो । युवा संघ नेपालका अध्यक्ष नरेश शाहीले कार्यक्रमबारे आफ्ना धारणा राखे । अनि युवाहरुले थाले सरसफाईको काम ।

‘महिनामा २ दिन, २ घण्टा मेरो, राष्ट्रका लागिू स्वयंसेवकिय कार्य अभियान आजबाट शुरूवात । शिक्षण अस्पतालबाट शुरु । शिक्षा र स्वास्थ्य राजनीतिबाट मुक्त हुनुपर्छ भन्ने मान्यता राख्छौ । त्यसैले अभियानमा हामीले ब्यानर, झण्डा प्रयोग गर्दैनौ, किनभने काम गर्नको लागि हो, प्रचारको लागि हैन ।’, युवा संघ अध्यक्ष नरेश शाहीले भने ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

युवाहरुले करिब दुई घण्टा शिक्षण अस्पताल महाराजगञ्ज क्षेत्रको फोहर उठाए, डस्टबिनमा हाले अनि आफ्नो बाटो लागे । उनीहरु फोहर संकलन गरिरहँदा आफन्तको उपचारका लागि शिक्षण अस्पताल आएकाहरु सोध्दै थिए–‘यी मान्छे को हुन् ?’

जवाफमा यी एमालेको माधव नेपाल समुहका युवा कार्यकर्ता हुन, अस्पताल सरसफाई गर्न आएका रहेछन् भनेको सुन्दा उनीहरु भन्दै थिए–‘कार्यकर्ता सुध्रिएछन्, नेता पनि यसै गरि सुध्रिए देश बन्ला की ।’

एमालेको माधव नेपाल समुहले प्रत्येक महिनाको २ दिन २ घण्टा समय स्वयं सेवाका लागि खर्च गर्ने कार्यक्रम नै घोषणा गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE