Skip to content
Shikhar Insurance
National Life

अप्पर सोलु हाइड्रोको ‘लकइन’ अवधि असार २९ गते सकिँदै

Hyundai
NCELL
NIMB

काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको ‘लकइन’ अवधि सकिने भएको छ । कम्पनीको जेठ २५ गतेको पत्रबाट निर्देशन भए बमनेजिम धितोपत्र बोर्डमा दर्ता भएको १ करोड १५ लाख ८१ हजार ६५० कित्ता सेयरको लकइन अवधि असार २९ गते सकिने भएको हो ।

हाल यस कम्पनीको संस्थापक सेयरधनीको १ करोड १ लाख ९२ हजार ५०० कित्ता, कम्पनीका कर्मचारीको ३९ हजार १५० कित्ता र आयोजना प्रभावित स्थानीय बासिन्दाको १३ लाख ५० हजार कित्ता शेयर लकइनमा रहेको छ।

लकइन अवधि सकिएसँगै उक्त सेयरहरू कारोबार गर्न सकिनेछ। यद्यपि कम्पनीको सञ्चालक समितिका पदाधिकारी तथा उच्च व्यवस्थापन तहमा रहेको कर्मचारीको हकमा भने नियमानुसार सेयर रोक्का रहने कम्पनीले एक सूचनामार्फत जानकारी दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्