काठमाडौं । नेकपा(एकिकृत समाजवादी) पार्टीको मधेश प्रदेश सम्पर्क कमिटीमा नयाँ नेतृत्व चयन भएको छ । शनिबार सम्पन्न सम्पर्क कमिटीको अधिवेशनले सत्रुधन प्रसाद चौधरीको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो । कमिटीको उपाध्यक्षमा उपाध्यक्ष रामेश्वर प्रसाद सिंह, गंगालाल कर्ण सचिवमा सचित कुमार कुइँकेल, उपसचिवमा प्रभु प्रसाद साह तेलि, बविता यादव र सन्तोष थापा चयन भएका छन् ।
कार्य समितिका सदस्यहरुमा कामेशवर यादव, चन्देश्वर दास, चक्रलक्ष्मी श्रेष्ठ, दिनेश खड्का, राजकुमार यादव, जीवन कुमार स्याङतान, सुरेन्द्र सिंह, हरि शंकर ठाकुर, पंचलाल कुशवाहा, रामआशिष यादव, अनन्त तिमल्सिना, सुधाशु मिश्र, भुजेन्द्र यादव, तारा पोखरेल, प्रमोद राय, हिमाशु कुमार मिश्र, एक्रामुल हक, कौशल भक्त माथेमा, रविना कुमारी चौधरी लगायत ५५ सदसिय कमिटी सर्व सम्मत चयन भएको हो ।
यस अघि कमिटीका अध्यक्ष बेदनाथ कोइराला थिए । पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधब कुमार नेपालको प्रमुख आतिथ्यतामा रहेको सम्पन्न अधिवेशनलाई पार्टीका अन्य नेताहरुले समेत सम्बोधन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्