काठमाडौं । भिजिट भिसा प्रकरणमा जेठ १३ गतेदेखि अवरुद्ध हुँदै आएको संसदको नियमित बैठक अझै बस्न सकिरहेको छैन् । प्रतिपक्षीहरुले जेठड १५ गते बजेट ल्याउन दिएपनि त्यसपछिको बैठकहरु पुन: अवरुद्ध गर्दै आईरहेका छन् । काँग्रेस नेता तथा गृहमन्त्री रमेश लेखकले राजीनामा गर्नुपर्ने मागबाट सुरु भएको संसद अवरोध अहिले थप पोचिलो मोडमा पुगेको छ ।
काँग्रेसले आफ्ना नेताका कारण संसद अवरुद्ध भएको बताउँदै संसद खुलाउन निरन्तर प्रयास गरिरहेको छ । तर सत्ताको नेतृत्वकर्ता नेकपा एमाले र प्रधानमन्त्री केपी ओलीले भने संसद खुलाउन कुनै पहल गरिरहेका छैनन् ।
एमालेले संसद खुलाउन प्रयास नगरि भिजिट भिसा प्रकरणमा काँग्रेसलाई थप ड्यामेज गराईरहेको बुझेपछि काँग्रेस नेताहरु आफैं संसद खुलाउन पहल गरिरहेका छन् । काँग्रेसको दोश्रो तहका नेताहरुबिच निरन्तर संवाद भैरहेको छ भने काँग्रेस सभापति शेर बहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि बिभिन्न प्रशंगमा टेलिफोन वार्ता गरिरहेका छन् ।
पछिल्लो समय एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल विरुद्ध अख्तियारले भ्रष्टाचार मुद्धा चलाएपछि काँग्रेसले विपक्षीहरुसँगको संवादलाई अझै बढाएको छ ।
भिजिट भिसा प्रकरणबाट सुरु भएको काँग्रेस–माओवादी संवादमा अब रास्वपा समेत जोडिन पुगेको छ । एमालेले भिजिट भिसा प्रकरणबाट राजनीतिक लाभ लिन खोजेको निष्कर्षसहित काँग्रेसले प्रतिपक्षीहरुसँगको संवदलाई नयाँ ढंगले अघि बढाएपछि एमाले भने झस्किन थालेको छ । आइतबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले काँग्रेस उपसभापति पूर्ण बहादुर खड्कासँग छलफल गर्दा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले किर्तिपुरमा अनेरास्ववियुको २४ औं सम्मेलन उद्घाटन तथा किर्तिपुर क्रिकेट रंगशालाको निर्माण अवलोकन गरिरहेका थिए । ओलीले अखिलको महाविधेशन उद्घाटनका क्रममा सत्ता गठबन्धनमा पनि एमालेलाई घेराबन्दी गर्न खोजिएको संकेत गरेका थिए । ओलीले त्यस्तो संकेत गरिरहँदा यता भने प्रचण्ड र खड्काले संसद खुलाउने उपाय खोजिरहेका थिए ।
प्रचण्डले मध्यमार्गी बाटोबाट संसद खुलाउन सकिने सन्देश पठाईरहेका छन् । यहि संवाद नयाँ सत्ता गठबन्धनमा परिणत हुने हो की भन्ने त्रास एमाले नेतृत्वलाई परेको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देउवालाई प्रधानमन्त्री बन्न अफर गरिसकेका छन् । प्रचण्डले २०८४ सालको निर्वाचनसम्मै देउवालाई प्रधानमन्त्री मान्ने र आफुले केहि पनि भाग नखोज्ने सन्देश पठाएका छन् । त्यस्तो समझदारी आवश्यक परेमा लिखित रुपमै गर्ने र सार्वजनिक रुपमै २०८४ सम्म देउवालाई प्रधानमन्त्री छाडिदिने प्रतिवद्धता गर्न आफु तयार रहेको सन्देश देउवासम्म पठाईरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्