काठमाडौं । नेकपा(एमाले)को भातृ संगठन अनेरास्ववियुमा नेतृत्वका लागि ३२ बर्षे उमेर हद लागु भएसँगै आधा दर्जन भन्दा बढी विद्यार्थी नेताहरुको अध्यक्ष बन्ने सपनामा तुषारापात लागेको छ ।
एमाले अध्यक्ष केपी ओली र महासचिव शंकर पोखरेलको इच्छा अनुसार अनेरास्ववियुमा ३२ बर्षे उमेर हद लगाईको बताइन्छ ।
त्यहि अनेरास्ववियुको २४ औं महाविधेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले ३२ बर्षे ठिक र ७० बर्षे बेठिकको वकालत गरे ।
ओलीले अनेरास्ववियुको महाविधेशन उद्घाटन गर्दै भने– ‘७० वर्षे उमेरहदको विषय फेल खाइसक्यो । अहिले म ७४ चल्दैछु, ७० मा रिटायर्ड हुने भन्ने कुरा फेल खाएन ? ४ वर्ष घटाउन भएन क्यारे उमेर, स्वास्थ्यले साथ दिन्छ दिँदैन, कार्यक्षमता हुन्छ कि हुँदैन मुख्य कुरा हो । चीनमा दुईपटक मात्रै अध्यक्ष हुन पाउने नियम बनाएको थियो, सि जिङ पिङको नेतृत्वको आवश्यकता देखेपछि चिनियाँ कम्युनिस्ट पार्टीले ६५ लगाउनुभएको, अहिले ७२ पुगिसक्नु भयो, सि जिङ पिङ ।’
उनले उमेर भन्दा पनि क्रियाशिलता, सोँच र स्वास्थ्यलाई आधारित बनाउनुपर्नेमा पनि जोड दिए ।
पार्टीमा उमेर हद हटाएर आफुलाई सर्वेसर्वा बनाएका ओलीले अनेरास्ववियुमा भने ३२ बर्षे उमेर हद लादेका छन् ।
प्रतिक्रिया दिनुहोस्