काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले विरोधीहरुले एमाले र नेपाली काँग्रेसको सहकार्य भड्काउन प्रयास गरिरहेको बताएका छन् । आइतबार काठमाडौंमा पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४ औं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताएका हुन् ।
उनले अहिले एमालेले सरकारको नेतृत्व गरिरहेको र कुनैपनि समयमा नेतृत्वमा नरहन सक्ने बताउँदै अब १३ महिनापछि फेरि नेपाली काँग्रेसलाई नेतृत्व सुम्पिने दाबी गरे । उनले एमालेको उद्देश्य मिसन ०८४ रहेको र यो अन्योल र अमूर्त कुरा नरहेको जिकिर गरे ।
मिसन ०८४ भनेको नेकपा एमाले जस्तो राष्ट्रिय शक्तिलाई देशभक्त शक्तिलाई निर्णायक राष्ट्रिय शक्तिको रुपमा स्थापित गर्ने मिसन भएको बताए । प्रतिक्रियावादी शक्तिहरुले अनेक प्रकारका जालझेल गरेर सहकार्य गरिरहेको नेपाली काँग्रेसलाई मिसन ०८४ भनेको छ, काँग्रेसलाई सिध्याउँछु भनेको छ, बहुमत ल्याउँछु भनेको छ, भनेर खेल्ने काम गरिरहेको बताए ।
बहुमत ल्याउने दाबी काँग्रेसले पनि गरिरहेको र कसले ल्याउँछ भन्नेकुरा आफ्नो ठाउँमा रहेको बताए ।
अध्यक्ष ओलीले भने, ‘आज हामी सरकारको नेतृत्व गरिरहेका छौँ, कुनैपनि समय नेतृत्वमा हुँदैनौँ । अब १३ महिनापछि फेरि हामी नेपाली काँग्रेसलाई नेतृत्व सुम्पिन्छौँ । हामीले सम्झौता गरेका छौँ । हाम्रो उद्देश्य मिसन ०८४ यो कुनै अन्योलको अमूर्त कुरा होइन । मिसन ०८४ भनेको नेकपा एमाले जस्तो राष्ट्रिय शक्तिलाई, यो देशभक्त शक्तिलाई निर्णायक राष्ट्रिय शक्तिको रुपमा स्थापित गर्ने हो । यो राष्ट्रिय शक्ति त छँदैछ । तर यसलाई निर्णायक राष्ट्रिय शक्तिको रुपमा विकास गर्नुपर्छ, मिसन ०८४ मा । त्यस उद्देश्यका साथ हामी अघि बढेका छौँ ।’
‘हाम्रा विरोधीहरुले प्रतिक्रियावादी शक्तिहरुले अनेक प्रकारका जालझेल गरेर सहकार्य गरिरहेको नेपाली काँग्रेसलाई मिसन ०८४ भनेको छ, काँग्रेसलाई सिध्याउँछु भनेको छ, बहुमत ल्याउँछु भनेको छ, भनेर खेल्न खोज्छन् । नेपाली काँग्रेसले पनि बहुमत ल्याउँछु भन्छ हामीसँग सहकार्य गर्दा गर्दै पनि । हामी पनि भन्छौँ, बहुमत ल्याउँछौँ । कसले ल्याउँछ त्यो आफ्नो ठाउँमा होला । तर बहुमत ल्याउने दाबी अनेकले गर्दछन् । यतिसम्म की प्रचण्ड त उहाँ ०६४ सालको जस्तै लहर आइसक्यो भनेर के सपना देखिरहेका छौँ । हामी त वास्तवमै मजबुत राष्ट्रिय शक्तिको रुपमा छौँ, लोकप्रिय पार्टीको रुपमा छौँ’ उनले उल्लेख गरे ।
प्रधानमनत्री ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले समेत ०६४ सालको जस्तै लहर आइसक्यो भन्ने गरेको र बहुमत ल्याउने सपना देखिरहेको बताए ।
प्रतिक्रिया दिनुहोस्