Skip to content
Shikhar Insurance
National Life

बेनी-जोमसोम-कोरला सडकखण्डको ८४ प्रतिशत भौतिक प्रगति

Hyundai
NCELL
NIMB

मुस्ताङ । उत्तर(दक्षिण जोड्ने कालीगण्डकी करिडोरको बेनी(जोमसोम(कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत पुगेको छ । कोरला सडक आयोजनाले सुरुआतीदेखि हालसम्म ४३ वटा योजनाका लागि ७ अर्ब ९० करोड ७० लाख बजेट ठेक्का सम्झौता गरिकामा ६ अर्ब ६४ करोड १८ लाख भइसकेको जनाएको छ ।

आयोजना सुरुआतदेखि चालु आर्थिक वर्षको हालसम्म ४३ वटा योजना कार्यान्वयनमा ल्याइसकेको आयोजना प्रमुख धुव्र झाले जानकारी दिए । उनका अनुसार आयोजनाले पर्वतको मालढुङ्गा(कोरलानाकासम्म २० वटा सडक र २३ वटा पुलपुलेसा निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ ।

कोरला खण्डअन्तर्गत सडक र पुलपुलेसा दुवैमा करिब ८५ प्रतिशत र ८१ प्रतिशत वित्तीय प्रगति भइसकेको आयोजना कार्यालयले जनाएको छ । सडकतर्फ जोमसोम(कोरला एक सय १० किमी ग्राभेलमध्ये छ वटा खण्ड निर्माण कम्पनीले आयोजनालाई हस्तान्तरण भइसकेको प्रमुख झाले उल्लेख गरे । उनका अनुसार चराङ(छोसेर २५ किमी निर्माणको अन्तिम चरणमा पुगेको छ ।

यसैगरी म्याग्दीको बेनी(गलेश्वरअन्तर्गत तीन किमी कालोपत्र र बेनी जोमसोम तेस्रो खण्डअन्तर्गत कैकु खन्ती खण्डमा अस्फाल्ट प्रविधिबाट कालोपत्र गरी करिडोर सडक आयोजनालाई हस्तान्तरण भइसकेको आयोजना प्रमुख झाले जानकारी दिए ।

बेनी जोमसोम खण्डअन्तर्गत गलेश्वर(तातोपानी, तातोपानी घाँसा र खन्ती(जोमसोम गरी तीन वटा सडक कालोपत्रसहित स्तरोन्नतिको अन्तिम चरणमा पुगेका आयोजना कार्यालयले जनाएको छ ।

आयोजनाले बेनी–जोमसोमको ७४ किमीअन्तर्गत तेस्रो खण्डको मुस्ताङको कैकुबाट खन्तीसम्म सडक निर्माण सम्पन्न आयोजनालाई हस्तान्तरण गरिएकामा आयोजनाले सडक डिभिजन कार्यालय बागलुङलाई हस्तान्तरण गरिसकेको आयोजना प्रमुख झाले जानकारी दिए । ‘बेनी जोमसोम सडकको ७४ किमीमध्ये २० किमी निर्माण सम्पन्न भएको छ । बाँकी निर्माणाधीन अवस्थामा छ’, उनले भने ।

कालीगण्डकी करिडोर आयोजनाअन्तर्गत रहेका २३ वटा पुलपुलेसामध्ये मुस्ताङको कैकु खोला, लार्जुङ खोला, सेतो खोला, घमी खोला र मार्फा खोलामा तीव्र गतिमा पुल निर्माण भइरहेका छन् । हाल निर्माणाधीन अवस्थामा रहेका सबै पुल सम्पन्न हुने अन्तिम चरणमा पुगेका आयोजनाका सूचना अधिकारी विष्णु चापागाईंले जानकारी दिए ।

चालु आर्थिक वर्षका लागि सरकारले विनियोजन गरेको ९० करोड बजेटमध्ये रु ३१ करोड अन्य योजनामा रकमान्तर भएको थियो । आयोजनासँग रहेको ५९ करोड सतप्रतिशत खर्च भइसकेको जनाउँदै उनले करिब ३० करोड निर्माण कम्पनीलाई भुक्तानी दिन बाँकी रहेको बताए ।

अर्थ मन्त्रालयले चालु आवका लागि रु १४ करोड बजेट थपेको उल्लेख गर्दै सूचना अधिकारी चापागाईंले आयोजनालाई चालु वर्षको खर्चमा बजेट थप भएर आए पनि अपुग भएकाले अर्थ मन्त्रालयसँग पुन: बजेट थपको माग गरिएको बताए ।

‘यो वर्षको बजेट भौतिक प्रगति सकिएका योजनालाई भुक्तानी दिन सकिएको छैन, अर्थ मन्त्रालयले यथाशीघ्र बजेट थप गरी आवश्यक सम्बोधन गर्नमा विश्वस्त छौँ । बजेट आएन भने आगामी आवका लागि दायित्वमा रहने भएकाले अपेक्षाकृत काम हुन नसक्ने हुनसक्छ’, उनले भने ।

कोरला सडक आयोजनाअन्तर्गत पर्वतको मालढुङ्गा बेनी १३ किमीमा कालोपत्रसहित भौतिक प्रगति ६० प्रतिशत, गलेश्वर(तातोपानी खण्डमा ९९ प्रतिशत र खन्ती(जोमसोम सडकमा भौतिक प्रगति ९० प्रतिशत भएको आयोजना कार्यालयले जनाएको छ ।

आयोजना प्रमुख झाका अनुसार चालु आवको अन्त्यसम्ममा मालढुङ्गा(कागबेनीको एक सय पाँच किमीमध्ये ८५ किमी सडक सम्पन्न हुन लागेको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा मानिएको बेनी जोमसोम कोरला खण्डअन्तर्गत आगामी आर्थिक वर्षभित्र ८० किमी निर्माण सम्पन्न गरी सडक डिभिजन कार्यालय बागलुङलाई हस्तान्तरण गरिसक्ने योजना रहेकाे उनले बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्