काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामालाई पहिलो सर्त बनाएका विपक्षीहरु त्यस्तो मागबाट पछि हटेका छन् । शुक्रबार विपक्षी दलहरुको बैठकपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालले छानविन समिति बनाउन सरकार सकारात्मक रहेको बताएका थिए । यसको मतलब सरकारले छानविन समिति बनाउन सहमति गर्ने र विपक्षीहरु गृहमन्त्रीको राजीनामा सम्बन्धी बटमलाइनबाट पछि हट्ने अवस्था निर्माण भएको देखिन्छ ।
सत्ताको नेतृत्वकर्ता एमाले पार्टीलाई बाइपास गरेर काँग्रेस र माओवादी नेतृत्वको विपक्ष दलहरुले भिजिट भिसा प्रकरणमा मध्यमार्गी समझदारी गरेसँगै एमाले झस्किएको बताइन्छ ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा आउनुपर्ने बटम लाइन बनाएर बसेका विपक्षीहरुसँग काँग्रेसले आफुलाई बाइपास गरेर सुटुक्क समझदारी गरेपछि एमाले झस्किएको हो ।
एमालेले भने गृहमन्त्रीले राजीनामा नदिने र छानविन समिति पनि नबनाउने अडान कसेर बसेको थियो । काँग्रेस–माओवादी–रास्वपाबिच अलग्गै सहमति भएपछि एमालेमा भने सत्ता गठबन्धनको निरन्तरतामै आशंका उत्पन्न भएको हो ।
‘केपी ओली राजनीतिका चतुर खेलाडी हुन्, उनले काँग्रेसलाई बाइपास गरेर के के गरिरहेका थिए, अहिले काँग्रेसले पनि ओलीलाई बाइपास गर्न थालेपछि उनी झस्किनु स्वभाविक नै हो ।’, स्रोतले भन्यो ।
स्रोतका अनुसार ओलीले अख्तियारलाई प्रयोग गरेर काँग्रेस–माओवादी र एकिकृत समाजवादीलाई तर्साईरहेका छन् । ओलीले घेराबन्दीमा पार्दै लगेको चाल पाएपछि पछिल्लो समय काँग्रेस सभापति शेर बहादुर देउवाले पनि माओवादी केन्द्र, रास्वपा र माधव नेपालको पार्टीसँगको सम्वादलाई बाक्लो बनाईरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्