Shikhar Insurance
National Life

महेन्द्र गोल्छाको नाममा औद्योगिक अध्ययन केन्द्र स्थापना हुने

सिंहदरबार संवाददाता
२०७८ श्रावण २३, शनिबार ११:०९
Hyundai
NCELL
NIMB

मोरङ । उद्योगपति एवं समाजसेवी स्व महेन्द्र गोल्छाको नाममा औद्योगिक अध्ययन केन्द्र स्थापना हुने भएको छ ।

उद्योग सङ्गठन मोरङले उद्योग र विश्वविद्यालयबीचको लिङ्केज अभिवृद्धि गरी आर्थिक विकासका विविध आयाममा अध्ययन अनुसन्धानका विभिन्न कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले महेन्द्र गोल्छा औद्योगिक अध्ययन केन्द्र सञ्चालनमा ल्याएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

पूर्वाञ्चल विश्वविद्यालयसँगको सहकार्यमा कार्यान्वयन गरिने यो औद्योगिक अध्ययन केन्द्रलाई मुलुककै आर्थिक एवं औद्योगिक क्षेत्रको नमूना सिकाइ केन्द्रका रुपमा विकास गरिने लक्ष्यका साथ शुक्रबार साँझ उद्योग सङ्गठन मोरङले उद्योग र पूर्वाञ्चल विश्वविद्यालयबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

हस्ताक्षर कार्यक्रममा उद्योग सङ्गठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले औद्योगिक क्षेत्रमा अध्ययन अनुसन्धानको माध्यमबाट आर्थिक एवं औद्योगिक क्षेत्रमा प्राज्ञिकविज्ञको ऐकेडेमिक ज्ञानलाई आर्थिक विकासमा उपयोग गर्ने उद्देश्य रहेको बताए । साथै विश्वविद्यालय र उद्योगबीचको प्राज्ञिक एवं व्यावसायिक सम्बन्ध स्थापित गरी अध्ययन अनुसन्धान एवं सिकाइको प्रक्रियालाई अघि बढाउन केन्द्रले भूमिका निर्वाह गर्ने उनले बताए ।

अध्ययन केन्द्रले आर्थिक एवं औद्योगिक क्षेत्रमा प्राज्ञिक अध्ययन अनुसन्धान तथा नीति विश्लेषण गर्न विश्वविद्यालयका युवा अनुसन्धानकर्तालाई प्रेरित गर्ने विश्वास अध्यक्ष प्याकुरेलले व्यक्त गरे । रासस

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्