Skip to content
Shikhar Insurance
National Life

आईएमई लाइफका बीमित, अभिकर्ता तथा कर्मचारीलाई इला होटल एन्ड रिर्सोटमा विषेश छुट

Hyundai
NCELL
NIMB

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीलाई इला होटल एन्ड रिर्सोटमा विषेश छुट दिने भएको छ । कम्पनी र इला होटल एन्ड रिर्सोट बिच हालै सम्पन्न सम्झौताबाट होटलहरुका सेवामा १५ प्रतिशत छुट दिने भएको हो ।

उक्त सुविधा आदान प्रदान गर्ने समझदारि भएको हो । सो छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बीमितले आफ्नो मोबाइलमा कम्पनीको मोबाइल एपमा रहेको प्रिभिलेज कार्ड देखाइ छुट सुविधा लिन सक्नेछन भने, अभिकर्ता तथा कर्मचारीले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेसगरि उक्त छ्ट सुविधा को लाभ लिन सक्नेछन् विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

इला होटल एन्ड रिर्सोट अन्तर्गत मौलाकालिकामा स्थित इला होटल एन्ड रिर्सोट, बाग्लुङ स्थित इला कम्फर्ट र लाजिम्पाट स्थित सेक एड फेन्ज रेस्टुरेन्ट, यसैगरी आईएमई हस्पिटालिटि एण्ड होटल अन्तर्गत पोखरा स्थित दी लेकसाइड रिट्रिट र लाजिम्पाटमा रहेको होटल ले हिमालय लगायतका होटल तथा हस्पिटालिटिहरु रहेका छन । उक्त सुविधालाई प्रभावकारी बनाउन कम्पनीले आफ्नो मोबाइल एप मार्फत प्रिभिलेज कार्ड जारी गरी सेवालाई सहज बनाएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE