Skip to content
Shikhar Insurance
National Life

दुबईको सम्पदामा ‘लुम्बिनी ड्रिम गार्डेन गेष्टहाउस एण्ड रेष्टुरेन्ट’ सञ्चालन

Hyundai
NCELL
NIMB

दुबई । संयुक्त अरब इमिरेट्स (यूएई) दुबईमा ‘लुम्बिनी ड्रिम गार्डेन गेष्टहाउस एण्ड रेष्टुरेन्ट’ (एलएलसी) पुन: सञ्चालनमा आएको छ । नयाँ कन्सेप्टसहित नेपालीको पहिलो गेष्टहाउस (पाहुना घर) आठ वर्षदेखि सञ्चालनमा आएको थियो । उक्त रेष्टुरेन्ट तीन महिना बन्द थियो पुन : सञ्चालनमा आएको हो ।

दुबईमा दुई दशक भन्दा बढी बसोबास गरिरहेका युवा व्यवसायी राजेन्द्र गुरागाईंले उक्त रेष्टुरेण्ट सञ्चालनमा ल्याएका हुन् । नेपालीहरु बढी भएको बरदुबईमा एलएलसीले नेपाली परिकार पस्किने मात्र नभई नेपालीपनकै झल्को दिनेगरी सञ्चालनमा ल्याइएको व्यवसायी गुरागाईंले जानकारी दिए ।

सन् २०१८ मार्च २३ देखि सञ्चालनमा रहँदै आएको उक्त रेष्टुरेन्ट ३ महिना दुबई सरकार तथा दुबई नगरपालिकाले आन्तरिक कार्यका लागि भन्दै बन्द गरेको थियो । उनका अनुसार जुन ४, २०२५ मा दुबई सरकार र नगरपालिका तथा दुबई अदालतले विधिवत रूपमा नेपालीकै नाममा अनुमति प्रदान गरिसकेको छ । नयाँ व्यवस्थापन नयाँ सजावटसहित पुनस् सञ्चालनमा ल्याइएको गुरागाईले बताए ।

नेपाली समुदायको बाहुल्य रहेको बरदुबईमा दुबई सरकारको सम्पदा सूचीमा रहेको भवन भित्र सञ्चालनमा आएको छ । उक्त रेष्टुरेण्टमा नयाँ–नयाँ नेपाली परिकारको स्वाद चाख्न पाइने सञ्चालक गुरागाईंले जानकारी दिए । रेष्टुरेण्ट सम्पूर्ण ग्राहक तथा सेवाग्राहीहरुलाई खुला भइसकेको उनको भनाइ छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्