Skip to content
Shikhar Insurance
National Life

नयाँ स्टकको एकल एजेन्डा राखेर ५ बजे धितोपत्र बोर्ड बैठक बस्दै, आजै टुङग्याउन अध्यक्ष श्रेष्ठको दबाब

Hyundai
NCELL
NIMB

काठमाडौं । नयाँ स्टकको एकल एजेन्डा राखेर धितोपत्र बोर्ड बस्दैछ । बिहिबार बेलुका ५ बजेका लागि अध्यक्ष सन्तोष नारायण श्रेष्ठले बैठक बोलाएका हुन् ।

बैठकमा नयाँ स्टकको लाइसेन्स दिने निर्णय गराउन बोर्ड अध्यक्ष जोडतोडले लागि परेका छन् । उनीमाथि अख्तियार दुरुपयग अनुसन्धान आयोगले छानविन अघि बढाएपछि मुद्दा दायर हुन भन्दा अगावै लाइसेन्स प्रकृया टुङगाउन लागेका हुन् ।

बोर्ड स्रोतका अनुसार बोर्ड सदस्य महेश बराल र कानुन मन्त्रालयका प्रतिनिधि विनोद कुमार भट्टराई लाइसेन्स वितरण गर्न हतारिएका छन् । बोर्ड अध्यक्ष श्रेष्ठ, २ सहसचिव र सिए निल सारु मगरले निर्णयमा हस्ताक्षर गर्ने बुझिएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्