Shikhar Insurance
National Life

२ दिन बाँकी छँदै १९ लाखले गरे सानिमा लाइफको सेयर माग

सिंहदरबार संवाददाता
२०७८ श्रावण २२, शुक्रबार १७:१३
Hyundai
NCELL
NIMB

काठमाडौं । आवेदन दिन २ दिन बाँकी छँदै सानिमा लाइफ इन्स्योरेन्सको आईपीओमा निष्काशन हुनेभन्दा ५.५ गुणा बढी आवेदन परेको छ । साउन २० गतेबाट निष्काशन भएको सानिमा लाइफ इन्स्योरेन्सको प्राथमिक निष्काशनमा तेस्रो दिनसम्म १९ लाख १८ हजार ५ सय ५७ जना सर्वसाधारणले आईपीओ माग गरेका हुन् ।

उनीहरुले २ अर्ब ९९ करोड ८३ लाख ६२ हजार रकम बराबरको २ करोड ९९ लाख ८३ हजार ६ सय २० कित्ता सेयरको लागि आवेदन दिएका हुन् । आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले दोस्रो दिनको अपराह्न साढे ३ बजेसम्म आईपीओ ५.५५ गुणाले ओभर सब्सक्राइब भएको जानकारी दिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

निष्काशन गरिएको ६० लाख कित्ता मध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ५ प्रतिशत छुट्याई बाँकी रहेको ५४ लाख कित्ता सेयर सर्वसाधारणलाई निष्काशन गरिएको हो ।

सानिमा लाइफको आईपीओ ५ लाख ४० हजार जनाले १०–१० कित्ता पाउनेछन् ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्