काठमाडौं । साताको पाचौँ कारोबार दिन नेपाली बजारमा सुनको मूल्य फेरी बढेको छ । बिहिबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला १ लाख ९३ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो । पछिल्ला दिनमा सुन र चाँदीको मूल्य निरन्तर बढिरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला २ हजार ७५ रुपैयाँ खरिदबिक्री भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्