Skip to content
Shikhar Insurance
National Life

भिजिट भिसा प्रकरणपछि अमेरिकाले गर्यो भिसामा कडाइ

Hyundai
NCELL
NIMB

काठमाडौं । अमेरिकााले नेपालीलाई भिसामा कडाइ गरेको छ । बुधबार काठमाडाैंस्थित अमेरिकी दूतावासले सूचना जारी गर्दै यात्रुहरुलाई कडाइका साथ सुरक्ष जाँचबिना भिसा दिन नसकिने बताएको हो ।

राष्ट्रिय सुरक्षामा सम्भावित खतरा पुर्‍याउन सक्ने व्यक्तिहरूलाई अमेरिका यात्रामा प्रतिबन्ध लगाउने सूचनामा उल्लेख छ ।  ‘प्रत्येक यात्रुले कडा सुरक्षा जाँच प्रक्रियाबाट जानुपर्छ जसमा कानून कार्यान्वयन निकायका रेकर्डहरू र आतंकवादविरोधी डाटाबेसहरूमा नाम जाँच पनि समावेश हुन्छ। सबै सुरक्षा जाँचहरु पूर्ण रूपमा समाधान नभएसम्म तपाईंको भिसा जारी हुनेछैन।’

अमेरिकाको राष्ट्रिय सुरक्षा आफूहरूको उच्च प्राथमिकता रहेको दूतावासको भनाइ छ । सूचनामा भनेको छ, ‘राष्ट्रिय सुरक्षामा सम्भावित खतरा पुर्‍याउन सक्ने व्यक्तिहरूलाई अमेरिका तर्फको यात्रामा प्रतिबन्ध लगाउनु अमेरिकी नागरिकहरूको सुरक्षा सुनिश्चित गर्ने मुख्य उपाय हो ।’

राष्ट्रिय सुरक्षामा सम्भावित खतरा पुर्‍याउन सक्ने व्यक्तिहरूलाई अमेरिका तर्फको यात्रामा प्रतिबन्ध लगाउनु अमेरिकी नागरिकहरूको सुरक्षा सुनिश्चित गर्ने मुख्य उपाय हो।

GBIME

प्रतिक्रिया दिनुहोस्