काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनार्थ भोलि जेठ २२ गते एक दिन बुक क्लोज गर्ने भएककाले आजसम्म नेप्सेमा मायम सेयरधनीहरुले आवेदन दिन सक्नेछन् ।
कम्पनीले प्रतिकित्ता १०० रूपैयाँका दरले ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद शेयर १स्१ को अनुपातमा निष्कासन गर्न नेपाल धितोत्रप बोर्डबाट अनुमति पाएको छ
कम्पनीको १० कित्ता साधारण सेयर हुने सेयरधनीले १० कित्ता हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्। यसको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको काम आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ।
प्रतिक्रिया दिनुहोस्