काठमाडौं । सिटी होटलले ८० प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ। होटलले नेपाल धितोपत्र बोर्डमा अनुमति माग्दै निवेदन दिएको हो ।
होटलले प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यका दरले १:०.८० को अनुपातमा १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद शेयर निष्कासनका लागि बोर्डसँग अनुमति मागेको हो।
हाल यस होटलको चुक्ता पूँजी १ अर्ब ६७ करोड ४० लाख रूपैयाँ छ भने हकप्रद बाँडफाँडपछि यो बढेर ३ अर्ब १ करोड ३२ लाख रूपैयाँ पुग्नेछ।
होटलको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।
प्रतिक्रिया दिनुहोस्