Skip to content
Shikhar Insurance
National Life

गृहमन्त्रीले राजीनामा र प्रधानमन्त्रीले जवाफ नदिएसम्म संसद अघि बढ्दैन: रास्वपा

Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा तथा प्रधानमन्त्रीले संसदमा जवाफ नदिएसम्म संसदको कारबाही अघि बढ्न नदिने निर्णय गरेको छ । सोमवार पार्टी केन्द्रिय कार्यालयमा बसेको पार्टी संसदीय दलको बैठकले उक्त निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

उनकाअनुसार मंगलवारको बैठकमा पनि जेठ १३ र १४ गतेकै भुमिकामा प्रश्तुत हुने समेत बैठकले निर्णय लिएको छ । कार्यवाहक प्रवक्ता झाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले पद छोडेर अनुसन्धानमा सघाउनुपर्ने बताए ।

उनले परिवारको सदस्यले गरेको बद्मासीको जिम्मेवारी अभिभावकले लिने उल्लेख गर्दै उक्त प्रकरणबारे गृहमन्त्री स्वयंले नभई प्रधानमन्त्रीले जवाफ दिनुपर्ने समेत बताए ।

उनले भने, ‘भोलिको संसद बैठकमा पनि हामी जेठ १३ र १४ गतेको बैठककै भूमिकामा प्रश्तुत हुन्छौँ । भिजिट भिसा प्रकरणमा अनुसन्धान गर्नको लागि गृहमन्त्रीज्युले पद छोडिदिनुपर्छ । अरुलाई छानविन गर्नको लागि आफू पछि हटेर स्पेस दिनुपर्छ । अभियोग र प्रश्न गृहमन्त्रीज्युमा उठेकोले गर्दा गृहमन्त्रीज्यूले आएर जवाफ दिने होइन । परिवारमा कुनै समस्या आयो भने अभिभावकले आएर जिम्मेवारी लिन्छ । त्यसैले अहिले सरकारको अभिभावकको रुपमा रहनुभएको सम्माननीय प्रधानमन्त्रीज्यूले जवाफ दिनुपर्छ ।’

संसदको कारबाही अगाडि बढाउने र गृहमन्त्रीको राजीनामाबारे अन्य प्रतिपक्षी दलहरुसँग समेत सहकार्य गर्ने निर्णय भएको उनको भनाइ छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्