Skip to content
Shikhar Insurance
National Life

एकैदिन २ हजार ९ सय रुपैयाँले बढ्यो सुनको भाउ, प्रतितोला कति ?

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको तेस्रो कारोबार दिन नेपाली बजारमा सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । मंगलबार सुन प्रतितोला २ हजार ९ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन १ लाख ८९ हजार ८ सय रुपैयाँमा खरिदबिक्री भएको थियो । पछिल्ला दिनमा सुनको मूल्य निरन्तर बढीरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि उल्लेख्य बढेको छ । आज चाँदी प्रतितोला ५५ रुपैयाँले बढेको हो । मंगलबार चाँदी प्रतितोला २ हजार ४५ रुपैयाँ खरिदबिक्री भइरहेको छ । सोमबार चाँदी १ हजार ९ सय ९० रुपैयाँ खरिदबिक्री भएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्