काठमाडौं । चालु आर्थिक वर्ष ०८१/०८२ को वैशाखमसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले १ खर्ब ३९ अर्ब बढी कुल बीमाशुल्क आर्जन गरेको छन् । नेपाल बीमा प्राधिकरणले आज (जेठ १९) गते सार्वजनिक गरेको विवरण अनुसार सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले कुल १ खर्ब ३९ अर्ब ३६ करोड ७६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् ।
चालु आवको वैशाखमसान्तसम्ममा सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्ने पहिलो नम्बरमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले १० महिनासम्मा ३६ अर्ब ५९ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । बीमा शुल्क आर्जन गर्ने दोस्रो नम्बरमा नेशनल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले सो अवधिमा १७ अर्ब २० करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ भने एलआइसी नेपाल इन्स्योरेन्सले १५ अर्ब ५७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरि तेस्रो स्थानमा पर्ने सफल भएको छ ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार १० महिनामा हिमालयन लाइफ इन्स्योरेन्सले १७ अर्ब ७९ करोड रुपैयाँ आर्जन गरेको छ भने राष्ट्रिय जीवन बीमा कम्पनीले ८ अर्ब ६७ करोड रुपैयाँ कुन बीमाशुल्क संकलन गरेको छ ,
१० महिनामा सूर्यज्योति लाइफ इन्स्योरेन्सले ८ अर्ब ५३ करोड रुपैयाँ संकलन गरेको छ भने एशियन लाइफ इन्स्योरेन्सले ७ अर्ब १४ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।
त्यसैगरी, मेट लाइफले ४ अर्ब ९८ करोड रुपैयाँ आर्जन गरेको छ । १० महिनासम्ममा आइएमई लाइफले ४ अर्ब १९ करोड रुपैयाँ संकलन गर्दा सन नेपाल लाइफले ३ अर्ब ४१ करोड रुपैयाँ आर्जन गरेको छ । वैशाखमसान्तसम्ममा रिलायबल नेपालले ४ अर्ब १४ करोड रुपैयाँ, सिटिजन्स लाइफले ५ अर्ब ६८ करोड रुपैयाँ आर्जन गरेको छ ।
साथै, १० महिनासम्मा सानिमा रिलायन्स लाइफले ५ अर्ब ३३ करोड रुपैयाँ र प्रभु महालक्ष्मी लाइफले ४ अर्ब १० करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्