Shikhar Insurance
National Life

दुई दिनमै १५ लाखले माग गरे सानिमा लाइफको आईपीओ

सिंहदरबार संवाददाता
२०७८ श्रावण २१, बिहीबार १८:२२
Hyundai
NCELL
NIMB

काठमाडौं । आवेदन खुलेको दुई दिनमा सानिमा लाइफ इन्स्योरेन्सको आईपीओमा निष्काशन हुनेभन्दा ४.४ गुणा बढी आवेदन परेको छ । साउन २० गतेबाट निष्काशन भएको सानिमा लाइफ इन्स्योरेन्सको प्राथमिक निष्काशनमा दोस्रो दिनसम्म १५ लाख ४ हजार ८ सय ११ जना सर्वसाधारणले आईपीओ माग गरेका हुन् ।

उनीहरुले २ अर्ब ३९ करोड ४७ लाख ७८ हजार रकम बराबरको २ करोड ३९ लाख ४७ हजार ७ सय ८० कित्ता शेयरको लागि आवेदन दिएका हुन् । आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले दोस्रो दिनको साँझ ५ बजेसम्म आईपीओ ४.४३ गुणाले ओभर सब्सक्राइब भएको जानकारी दिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

निष्काशन गरिएको ६० लाख कित्ता मध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ५ प्रतिशत छुट्याई बाँकी रहेको ५४ लाख कित्ता सेयर सर्वसाधारणलाई निष्काशन गरिएको हो ।

सानिमा लाइफको आईपीओ ५ लाख ४० हजार जनाले १०–१० कित्ता पाउनेछन् ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्