काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेटमा तर्कपूर्ण विचार राख्न पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् । सोमबार बानेश्वरमा बसेको पार्टीको संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले बजेटमाथि मंगलवारको संसदको बैठकबाट छलफल प्रारुम्भ हुने भएकाले तयारीका साथ रहन निर्देशन दिएका हुन् ।
उनले तर्कपूर्ण ढंगले बजेटको पक्षमा विचारहरु राख्न निर्देशन दिँदै विरोधीहरुले धर्मर हुनेगरी कुतर्क गर्ने भन्दै सचेत रहन आग्रह गरे । कुतर्कहरुको दरिलो गरी खण्डन गर्न आग्रह गरे । पार्टीका सांसदहरुलाई तथ्य, तथ्यांकसहित खण्डन गर्न अध्यक्ष ओलीको निर्देशन छ ।
अध्यक्ष ओलीले भने, ‘यो बजेटमाथि अब भोलिबाट सामान्यतया भन्दा छलफल प्रारम्भ हुँदैछ । माननीयजीहरुले त्यहाँ तर्कपूर्ण ढंगले किन बजेट ठिक छ ? तर्कपूर्ण ढंगले बजेटको पक्षमा विचारहरु राख्नुपर्नेछ । विरोधीहरुले हामीलाई हो की क्या हे भन्नेगरी धर्मर हुनेगरी कुतर्क गर्दछन् । ति कुतर्कहरुको हामीले खण्डन गर्नुपर्नेछ । दरो गरी खण्डन गर्नुपर्नेछ । तर्कयुक्त ढंगले खण्डन गर्नुपर्नेछ । तथ्य, तथ्यांकसहित खण्डन गर्नुपर्नेछ । त्यसका निम्ति आज तत्सम्बन्धी माननीयजीहरुले आफैँले पनि विचार बनउनु नै भएको छ । अध्ययन गर्नु नै भएको छ बजेटको । सजिलो छैन, नोट बनाएर अध्ययन गर्नुपर्छ ।’
अध्यक्ष ओलीले आफ्नो विषयमा केन्द्रित भएर बोलने गरी तयार गर्न निर्देशन दिदैँ छरपस्ट भएर नबोल्न सचेत गराए ।
प्रतिक्रिया दिनुहोस्