काठमाडौं । अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलले बैंक तथा वित्तीय संस्थासम्बन्धि बाफिया विधेयकमा डिजिटल करेन्सीदेखि डिजिटल कारोबारलाई नियमन गर्न खोजिएको बताएका छन् ।
सोमबार अर्थ समितिमा भएको बाफिया विधेयकसम्बन्धिको छलफलमा उहाँले डिजिटल करेन्सी, डिजिटल बैंकिङजस्ता विषयहरुलाई नियमन गर्नैपर्ने भएकाले तिनलाई सम्बोधन गर्नेगरी विधेयक ल्याइएको बताएका हुन् ।
डिजिटल करेन्सी, डिजिटल बैंकिङजस्ता विषयहरु पुरानो ऐनले नचल्ने बताए ।
सहसचिव पोखरेलले भने, ‘नयाँ विषयहरु डिजिटल करेन्सी, डिजिटल बैंकिङजस्ता विषयहरुलाई अहिलेको पुरानो ऐनले चिन्दैन । त्यसैले बाफिया विधेयकमा ती विषयहरु राखिएको छ । ६७ खर्ब बैंकमा सर्वसाधारणको निक्षेप छ, त्यसैले पनि त्यसलाई संरक्षण गर्नका लागि वाफियाको विधेयक ल्याइएको छ ।’
उनकाअनुसार सहकारीमा जस्तै जनताको पैसा बैंकमा डुब्न नदिन केही कडा प्रावधान राखेर बाफिया ऐन ल्याइएको हो । यसलाई संसदीय समितिले छिटो टुंग्याउनुपर्छ ।
प्रतिक्रिया दिनुहोस्