काठमाडौं । कर्णाली विकास बैंकका संस्थापक अध्यक्ष तथा प्रमुख कार्यकारी सिइओ राजेन्द्र वीर राय पक्राउ परेका छन् । रुपन्देहि जिल्लामा लुकीछिपी बस्दै आएको अवस्थामा केन्द्रिय अनुसन्धान ब्यूरो (सिआइबी) ले पक्राउ गरेको हो ।
उनी २५० करोड भन्दा बढी रकम हिनामिना गरी फरार रहेका थिए । कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त वित्तिय संस्थाको सूचिमा राखी अहिले राष्ट्र बैंकको टिमले टेकओभर गरेको छ । सिआइबीले रुपन्देही जल्लाको सिद्धार्थनगर नगरपालिका वडा नं. १ बेलहिया पक्राउ गरेको हो ।
प्रतिक्रिया दिनुहोस्