Shikhar Insurance
National Life

माधव नेपाल समुहको ‘निर्णायक’ केन्द्रिय कमिटी बैठक आज

सिंहदरबार संवाददाता
२०७८ श्रावण २१, बिहीबार ०९:२१
Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा(एमाले) माधव नेपाल समुहको केन्द्रिय कमिटी बैठक आज बस्दैछ । बिहान ११ बजे बस्ने बैठकलाई ‘निर्णायक’ भनिएको छ । बैठकमा पार्टी एकता वा विद्रोहबारे ठोस निर्णय हुने सम्भावना रहेको नेताहरुले बताउँदै आएका छन् ।

पार्टी अध्यक्ष केपी ओली समुहले एकताका नाममा समय कटाउँदै लगिरहेको र संगठन विस्तारलाई पनि तिब्रता दिएको भन्दै नेपाल समुहमा तिब्र असन्तुष्ठि छ । पार्टी एकताका सर्त वा बिद्रोहका आधार खोज्न आजको बैठक केन्द्रित हुनेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेताहरुले एकताका सन्दर्भमा हालसम्म भएका छलफलहरुको ब्रिफिङ गर्नेछन् । केन्द्रिय सदस्यहरुले पनि अबको सम्भावित बाटोका बारेमा आफ्नो धारणा राख्नेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्