Shikhar Insurance
National Life

चेम्बरले परिसंघका नवनिर्वाचित पदाधिकारीलाई डाकेरै दियो बधाई, ‘हामी भाइभाइ’को सन्देश

सिंहदरबार संवाददाता
२०७८ श्रावण २०, बुधबार १९:१८
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले नेपाल उद्योग परिसंघका नवनिर्वाचित अध्यक्ष श्री बिष्णु कुमार अग्रवाल तथा परिसंघका पदाधिकारीलाई चेम्बर भवन डाकेरै बधाई दिएको छ । चेम्बर भवनमा आयोजित कार्यक्रममा अध्यक्ष मल्लले मुलुकको साझा एजेन्डा आर्थिक समृद्धि भएकाले यसमा निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरुको धारणा समान रहेको बताए ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना महामारीका कारण गत वर्षदेखिनै नेपाली अर्थतन्त्रमा गम्भीर क्षति पुगेको छ । कोभिडको पहिलो तथा दोस्रो लहरको संक्रमणले लामो समयसम्म लकडाउन भइ अर्थतन्त्रले थप क्षति बेहोर्नु परिरहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यस्तोमा चेम्बर र परिसंघले भाइचारको सम्बन्ध स्थापना गरेका हुन् । खुलाबजार अर्थतन्त्रको सिद्धान्त अवलम्बन गरेको नेपालजस्तो मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको भूमिका निकै महत्वपूर्ण हुन्छ भन्दै चेम्बर अध्यक्ष मल्लले अर्थतन्त्रलाई पुनस्र्थापित गर्न खोपलाई प्राथमिकता दिन निजी क्षेत्रका संस्थाबीच संस्थागत सहकार्य र कार्यगत एकता आवश्यक रहेको बताए ।

अध्यक्ष मल्लले निजी क्षेत्रसँग सम्बन्धित व्यवसायीक सामाजिक उत्तरदायित्व कोष लगायत कतिपय बिषयहरु सम्बोधन हुन नसकेको र यसका लागि निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाबीच एकताको आवश्यकता रहेको बताए ।

नेपाल उद्योग परिसंघका नवनिर्वाचित अध्यक्ष विष्णु कुमार अग्रवालले यो कार्यक्रमले निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाबीच एकताको सन्देश दिएको बताए । विगतमा निजी क्षेत्रका तीनवटै प्रतिनिधिमूलक संस्थाहरुले कतिपय सवालहरुमा साझा अवधारणाहरु प्रस्तुत गरेका उदाहरणहरु प्रभावकारी रहेको उनले जिकिर गरे ।

अध्यक्ष अग्रवालले विभिन्न व्यवसायबीच मतमतान्तर हुनु स्वाभाविक भएता पनि आफूहरुबीच मुलुकको आर्थिक विकासको सवालमा एउटै मत रहेको बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्