Shikhar Insurance
National Life

सानिमाको ६० करोडको आईपीओ खुल्यो, ५ लाख ४० हजारलाई १० कित्ता पक्का

सिंहदरबार संवाददाता
२०७८ श्रावण २०, बुधबार ०९:०७
Hyundai
NCELL
NIMB

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओमा आवेदन खुलेको छ । कम्पनीले साउन गते अर्थात आजबाट आईपीओमा आवेदन खुलाएको हो । प्रति कित्ता एक सय रुपैयाँ मूल्य अंकित ६० लाख कित्ता आईपीओका लागि न्युनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन सकिन्छ ।

कुल निष्काशनमध्ये ५ प्रतिशतले हुने आउने ३ लाख कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरिएको कम्पनीले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बाँकी ५४ लाख कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। सानिमाले जारी पूँजीको ३० प्रतिशत प्राथमिक शेयर जारी गरेको हो । आईपीओ साउन २४ गते र ढिलोमा भदौ २ गतेसम्म आवेदन दिन सकिन्छ ।

आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। सानिमाको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयर एनपी त्रिपल बि इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम रूपमा सुरक्षित रहेको संकेत गर्दछ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्