Skip to content
Shikhar Insurance
National Life

सामान्य अंकले बढ्यो सेयर बजार, कारोबार रकम साढे ६ अर्ब

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार झिनो अंकले बढेको छ । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.८५३ अंकले बढेर २६७५.६२ को बिन्दुमा पुगेर बजार बन्द भएको हो ।

मंगलबार ३ सय १८ कम्पनीको १ करोड ४२ लाख ९९ हजार ३ सय ९४ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ५२ करोड ७८ लाख ३९ हजार ५ सय ८१ रुपैयाँ बराबर संकलन भएको छ ।

मंगलबार यूनिभर्सल पावर कम्पनीको सेयर मूल्य सर्वाधिक कारोबार भएको छ । कम्पनीको ६३ करोड ५८ लाख रुपैयाँ बराबर संकलन भएको छ । मंगलबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४ सय ५८ रुपैयाँ पुगेको छ । मंगलबार ८५ कम्पनीको सेयर मूल्य बढ्दा १६१ कम्पनीको सेयर मूल्य घटेको छ ।

साथै, मंगलबार ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एक कम्पनीको सेयर मूलय ८.०१ प्रतिशतले घटेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्