काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ०.८५ अंकले बढेर २६७५.६२ मा पुगेकोे होे ।
मंगलबार ३१८ कम्पनीको १ करोड ४२ लाख ९९ हजार ३ सय ९४ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ५२ करोड ७८ लाख ३९ हजार ५ सय ८१ रुपैयाँ कारोबार भएको छ ।
मंगलबार ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, आज अप्पर हेवाखोला हाइड्रोपावरको ९.१५ प्रतिशत, बुटवल पावरको ८.६१ प्रतिशत, युनिभर्सल पावरको ७.११ प्रतिशत सहित ११७ कम्पनीको सेयर बढेको छ ।
प्रतिक्रिया दिनुहोस्