Skip to content
Shikhar Insurance
National Life

सान्भि इनर्जीको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

Hyundai
NCELL
NIMB

काठमाडौं । सान्भि इनर्जी लिमिटेडको आइपीओमा आवेदन दिन आज अन्तिम दिन रहेको छ । कम्पनीले जेठ ९ गतेदेखि सर्वसाधारणको लागि निष्कासन गरेको थियो ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १ सय रूपैयाँका दरले जम्मा ३७ लाख ९० हजार कित्ता आइपीओ निष्कासन गर्न अनुमति पाएको थियो।

जसमध्ये ८ लाख ८० हजार कित्ता आयोजना प्रभावित स्थानीयका लागि र २ लाख ९१ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेर बाँडफाँड समेत गरिसकेको छ।

अब कम्पनीले बाँकी रहेको २६ लाख १९ हजार कित्तामध्ये १ लाख ४५ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि र ५८ हजार २०० कित्ता कम्पनीमा कार्यरत कर्मचारीहरूका लागि सुरक्षित गरी बाँकी रहेको २४ लाख १५ हजार ३०० कित्ता सर्वसाधारणमा निष्कासन गरेको हो।

लगानीकर्ताले घटीमा १० कित्ता र बढीमा २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्