Skip to content
Shikhar Insurance
National Life

बैंक तथा वित्तीय सुधारका विधेयकमा व्यापकताको अनुभुति भएन: सांसद थापा

Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा एमालेका सांसद सूर्यबहादुर थापा क्षेत्रीले बैंक तथा वित्तीय क्षेत्र सुधारका उद्देश्यसहित ल्याउने तयारी भइरहेको विधेयकमा व्यापकताको अनुभुति नभएको बताएका छन् ।

सोमबार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा सरोकारवालासँगको छलफलमा भाग लिँदै सांसद थापाले यस्तो बताएका हुन् ।

उनले बैंकमा खरबौं रकम थुप्रने तर लगानी नहुने परिस्थिति कानूनको अभावका कारण भएको हो भने त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिए । विभिन्न विज्ञहरुले मस्यौदामा उल्लेख भएअनुरुप नै विधेयक बनेमा अर्थतन्त्रमा उथलपुथलको स्थिति आउने भन्ने विषयमा नकारात्मक उथलपुथल नहुनेगरी उथलपुथल गरिनुपर्ने सांसद थापाको भनाई थियो ।

उनले बैंकमा तरलता धेरै भएको र लगानी नभइरहेको समयमा उपयुक्त कानूनी प्रवन्ध गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘बैंक तथा वित्तीय क्षेत्र सुधारका लागि जुन उद्देश्यसहित विधेयक ल्याउने तयारी भइरहेको छ त्यसमा व्यापकतामा छैनन् कि भन्ने अनुभूति भइरहेको छ मस्यौदा अध्ययन गर्दाखेरि । त्यसकारण सैद्धान्तिक अवधारणा नबोक्ने हो भने संशोधनको औचित्य छ कि छैन बाफियाको २०७३ ऐनमा यो संशोधन जरुरी छ कि छैन भन्ने एउटा प्रश्न । विज्ञहरुले त्यस विषयमा छर्लङ पारिदिनुभयो भने राम्रो हुन्थ्यो । किनभने यसको सैद्धान्तिक अवधारणा संयोगले पूर्व अर्थमन्त्री वर्षमान पुनको उद्देश्य र कारणको मन्तव्यमा र सैद्धान्तिक अवधारणा पुस्तकमा छ । त्यसअनुसारका यसअघि र आजपनि विज्ञहरुले राखेका विषयहरु औचित्यपूर्ण हो कि होइन भन्ने मनमा जिज्ञासा लाग्या छ ।’

‘संवद्ध व्यक्तिको परिभाषामा बैंकर र उद्योगी एउटै व्यक्ति हुने कि नहुने भनेर छलफलको विषय पनि उठाउनुभयो । सञ्चालकहरु स्वतन्त्र हुनुपर्छ भन्ने विषयमा भने यस विषयसँग सम्बन्धित पूर्व अर्थमन्त्रीहरुले प्रष्ट पारिदिनुहुने छ । अब दुई तिनवटा कुराहरुमा निर्मम हुनुपर्छ । संघसंस्थाका साथीहरुका भनाईअनुसार यो विधेयक बन्दा उथलपुथल हुन्छ भने हुनुपर्छ । नकारात्मक उथल पुथल चाहिँ हुनुभएन । बैंकमा खरबौं रुपैयाँ थुप्रने लगानी नहुने परिस्थिती कानुनका कारणले सिर्जना भएको छ भने त्यो बाटोमा जानुपर्छ । तरलता धेरै छ तर लगानी भइरहेको छैन । त्यसैले हामीले उपयुक्त कानूनी प्रवन्ध गर्नुपर्छ भन्ने कुरामा ध्यान दिनुपर्छ’ उनले उल्लेख गरे ।

उनले बैंक सञ्चालकहरु स्वतन्त्र हुनुपर्छ भन्ने विषयमा भने विज्ञहरुले प्रष्ट पारिदिनुपर्ने बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्