Skip to content
Shikhar Insurance
National Life

बैंकमा व्यापारीको लगानी हुँदैमा सप्रिने र बिग्रने भन्ने हुँदैन: सांसद चौधरी

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाली काँग्रेसका सांसद विनोद चौधरीले नेपालमा बैंकर व्यवसायी बन्न हुन्छ कि हुँदैन भन्ने बहस चर्किएको बताएका छन् ।

सोमबार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठकमा बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा सरोकारवालासँगको छलफलमा भाग लिँदै सांसद चौधरीले यस्तो बताएका हुन्।

उनले विश्वको अर्थतन्त्र जुन रुपमा अघि बढेको छ त्यतातिर नै ध्यान दिनुपर्नेमा जोड दिए । उनले बैंक भनेको अर्थतन्त्रको इन्जिन भएको र अर्थतन्त्र चलायमान गराउन के गर्नुपर्छ भन्ने बैंकको काम भएको स्पष्ट पारे ।

सांसद चौधरीले निजी क्षेत्रको पुँजी नभएका बैंक सबैभन्दा बढी भ्रष्ट हुँदै गएको टिप्पणी गरे ।

उनले भने, ‘जुन ट्रेण्डमा विश्व गइरहेको छ । विश्वको अर्थतन्त्र गइरहेको छ । त्यो कन्टेस्टमा त्यतातिर जानका लागि र फराकिलो बनाउन भन्दापनि एउटा बैंकर व्यवसायी बन्न हुन्छ कि हुँदैन ? भन्ने ठाउँमा मात्र पुगेको महशुस गरिरहेको छ । जुन सबभन्दा बढी गर्नुपर्ने कुरा हो यो । अहिले यहाँ कुरापनि उठ्यो आज हाम्रा साना, मझौला, माइक्रो त्यसको राइट मानिसहरुको हातमा गइरहेको छैन । एकातिर क्यापिटल फ्लो नहुने जति भइरहेको छ जाम भएर बसेको छ । १० वर्षको दौरानमा नयाँ उद्यमीहरु जन्मुन् भनेर सरकारले धेरै योजनाहरु ल्याएको छ तर त्यो कुनैपनि सफल भएन । योजना आयोगदेखि प्रधानमन्त्रीको कार्यालयसम्म अफिसहरु बसे ।’

‘नेपाल राष्ट्र बैंकले एकपटक १० लाखदेखि ३० लाखसम्मको पुँजी दिएर नयाँ उद्यमी जन्माउने योजना ल्यायो । तर, त्यो पनि सजिलो बाटो खोजिनाले सफल हुन सकेन । बैैंंक भनेको त अर्थतन्त्रको इन्जिन हो । बैंकको काम भनेकै के गर्‍यो भने अर्थतन्त्र चलायमान हुन्छ । आज यस्ता बैंकहरुपनि छन् जुन बैंकमा राम्रो स्वामित्व भएका मानिसहरु बोर्डमै बस्दैनन् । प्रोफेसनल मानिसहरु राखेर चलाइरहेका छन् र ती बैंकहरु अब्बल ढंगले चलिरहेका छन् । तर जुन बैंकमा कुनै निजी क्षेत्रका व्यापारीको पूँजी छैन । सबैभन्दा भ्रष्ट बैंकहरु पनि तिनै छन् । आज व्यापारीको लगानी बैंकमा हुँदैमा यदि त्यो बैंक सप्रिने र बिग्रने भएको भए त्योअनुसार व्यापारी भएका बैंक एक ठाउँमा र नभएकाहरुको अर्कोतर्फ उभिनुपर्ने हो तर कथा अर्कै छ’ उनले बताए ।

उनले विगत १० वर्षको अवधिमा नयाँ उद्यमीहरु जन्माउन सरकारले ल्याएका कुनैपनि योजना सफल हुन नसकेको बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्