Skip to content
Shikhar Insurance
National Life

मेलम्चीमा खास के भएको ? भौगर्भिक अध्ययन टोली सिन्धुपाल्चोक पठाइने

Hyundai
NCELL
NIMB

काठमाडौं । मेलम्ची क्षेत्रको भौगर्भिक अध्ययनका लागि सरकारले टोली खटाउने भएको छ । पछिल्लो समय मुलुकभर परेको अविरल वर्षासँगै मेलम्ची क्षेत्रमा सुख्खा पहिरो जाने, लेदो बग्ने खतरा बढेपछि सरकारले उक्त क्षेत्रको भौगर्भिक अध्ययनका लागि टोली खटाएको हो ।

पहिलो चरणको प्रारम्भिक अध्ययन गरेर फर्केको उक्त टोली विस्तृत अध्ययनका लागि भोलि मेलम्ची जाने कार्यक्रम रहेको छ । खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेलले मेलम्ची क्षेत्रको भौगर्भिक अध्ययनका लागि सरकारले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट तीनजना तथा खानी तथा भूगर्भ विभागबाट दुईजनाको भूगर्भविद्को टोली खटाइएको जानकारी दिए ।

खानी तथा भूगर्भ विभागले सिनियर डिभिजनल जियोलोजिस्टको नेतृत्वमा टोली खटाएको महानिर्देशक घिमिरेले बताए । उक्त टोलीले मेलम्ची क्षेत्रको भौगर्भिक अवस्थाको बारेमा विस्तृत अध्ययन तथा अनुसन्धान गर्नेछ

असार १ गते परेको अविरल वर्षाका कारण मेलम्ची नदीमा आएको पानीले मेलम्ची बजारमा ठूलो जनधनको क्षति पुगेको थियो । साउन दोस्रो हप्तामासमेत मेलम्चीमा ठूलो बाढी आएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्